शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सभापति देउवाले महाधिवेशन समयमा गर्न नचाहेको भन्दै पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला बोलायो


  • शुक्रबार, साउन २२ २०७८
14K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना सभापति शेरबहादुर देउवाकै कारण टर्दै गएको निष्कर्ष निकाल्दै पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरूको भेला बोलाएको हो ।

काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न लागिएको हो ।

महाधिवेशन समयमा हुन नसक्ने भएपछि पौडेल पक्षले जिल्ला सभापतिहरू सँग छलफल गरेर पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिन भेला बोलाउन लागेको नेताहरू बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा