वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओली विश्वास गर्न लायक पात्र छैनन् र ओलीका व्यवहार र अभिव्यक्तिले पार्टी एकताको सम्भावना छैन भन्ने टिप्पणी गरेका छन् ।
यद्यपी आफू पक्षधर नेताहरुलाई उनले संयमित अभिव्यक्ति दिन आग्रह गरेका छन् । नेता नेपालले पार्टी एकताका लागि आफू इमान्दार रहेको समेत प्रष्ट पारेका छन् ।
आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा नेपालले सरकारमा जाने वा नजाने बारेमा स्पष्ट केही बोलेनन् । बैठकमा सहभागी केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले माधव नेपाल पार्टी एकताको पक्षमा रहेको भन्दै सरकारमा नजाने कुरा स्पष्टै रहेको दावी गरे ।
नेपालको भनाइ उदृत गर्दै मानन्धरले भने : एकातिर केपी ओलीले हामीलाई एमालेमा स्पेस नदिने,अर्कातिर हामीले लडेर जोगाएका संसदको पूर्ण अवधि कायम गर्ने चेपुवामा हामी छौं । तर हामीले सरकारमा जानका लागि यो गठबन्धन बनाएको होइन । संविधान,लोकतन्त्र र संसद जोगाउन हो ।
नेता नेपालले यति हुँदा पनि सत्ता गठबन्धनप्रति आफ्नो उत्तरदायित्व रहेको भन्दै पार्टी एकता र सत्ता गठबन्धनलाई सन्तुलन बनाएर लैजाने चुनौति रहेको बैठकमा बताएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।