शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

रावललाई प्रश्न: नेपालको तर्फबाट वार्ता गर्न जाने अनि ओली सँग बोली मिलाउने ?


  • बिहिबार, साउन २१ २०७८
14.6K
SHARES

नेकपा एमाले एकता अथवा विभाजनको निर्णय लिने अपेक्षा गरिएको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरू माधव पक्षीय वार्ता टोलीका नेताहरूप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

अझ विशेष गरी भीम रावल लाई कडा प्रश्न गर्दै माधव पक्षको नेतृत्व गरेर वार्ता गर्न जाने अनि ओलीको पक्ष लिएर कुरा गर्ने भन्दै माधव पक्षका केन्द्रीय सदस्य हरु ले प्रश्न गरेका छन् ।

माधव नेपालको तर्फबाट वार्ता गर्न गएका नेताहरु केपी ओलीका जस्ता देखिएको र आफ्नो समूहमाथि घात गरेको भन्दै उनीहरु आक्रामक बनेपछि वार्ता टोली संयोजक भीम रावल प्रतिवादमा उत्रिएका थिए ।

जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीले वार्ता टोलीको भूमिकामाथि प्रश्न उठाएपछि रावल जुरुक्क उठेका थिए । उनले आफूहरुले पार्टी एकताका लागि मेहनत गरेको भन्दै बाहिर मिडियामा मनपरी बोलेर वातावरण बिगार्न खोजेको आरोप समेत लगाए ।

माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक केहीबेर तनावग्रस्त बनेको थियो । कार्यदलका तर्फबाट भीम रावलले जवाफ दिएका थिए । केहीबेर केन्द्रीय सदस्य र रावलबीच भनाभन परेको थियो । रावलले केपी ओलीको आलोचना गर्दा फ्लोरबाट झाँक्री लगायतले ‘यहाँ भनेको कुरा ओलीको सामुन्ने बोल्न सक्नुहुन्छ ?’ भन्दै प्रतिप्रश्न गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा