काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का राजनीतिमा आउने भएका छन् । क्रिकेट व्यवस्थापन राम्रो भए आफू राजनीतिमा आउने बताएका हुन ।
बुधबार पत्रकार सम्मेलन गर्दै पूर्व कप्तान खड्काले सही राजनीतिले संस्थालाई अगाडि बढाउन सके आफू त्यसमा सकारात्मक भएको बताए । खड्काले एक महिनाभित्र आफूले आफ्नो क्रिकेट एकेडेमी समेत सञ्चालनमा ल्याउन लागेको बताए । उनले आफू क्रिकेटको व्यवस्थापनमा आउन चाहेको बताएका छन् ।
उनले सबैको सहयोग र मिहिनेतले नेपाली क्रिकेट अहिलेको अवस्थासम्म आइपुगेको बताए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पूर्व कप्तान खड्काले आफ्नो जीवनकालमा नेपालले टेस्ट मान्यता प्राप्त गरोस् भन्ने चाहना रहेको बताए ।
उनले भने ‘सन् २००५ मै नेपालले एक दिवसीय मान्यता पाएको भए म पनि अहिलेसम्म टेस्ट खेल्थें होला । तर, त्यसो भएन । मेरो अनफिल्ड जर्नी मात्रै सकिएको हो ।’ नेकपा माओवादी केन्द्र निकट रहेका खड्का प्रचण्डको सल्लाह अनुसार सन्यास लिएको बुझिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।