शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मधेस पस्दै महन्थ ठाकुर, मधेसमा उपेन्द्र यादवको भण्डाफोर अभियान


  • बिहिबार, साउन २१ २०७८
14.5K
SHARES

फाइल तस्विर

जनता समाजवादी पार्टी नेपालको आधिकारिकता गुमाएपछि महन्थ ठाकुरले सो पार्टीका अध्यक्ष उपेन्द्र यादवको गल्ती, कमजोरीहरु जनता समक्ष राख्न भन्दै जनता समाजवादी पार्टी नेपालकै अध्यक्षका हैसियतमा मधेस पस्ने तयारी गरेका छन् ।

मधेसका विभिन्न जिल्लामा कार्यक्रम निर्धारण गरिसकेका ठाकुरले जसपा नेपालकै अध्यक्षको हैसियतमा अपिलसमेत जारी गरेका छन् ।

उनले पार्टी एकीकरणपछि बराबरीको आधारमा समायोजन गर्न निरन्तर प्रयास गर्दा पनि उपेन्द्र यादवका तर्फबाट विभिन्न बहानामा समायोजन रोक्ने प्रयास गरेको दाबीसमेत गरेका छन् ।

आफूहरुले परम्परवादी रुपमा रहेका काँग्रेस र कम्युनिस्ट पार्टीहरुको तुलनामा विचारमा वैकल्पिक र देशको लोकतान्त्रिक मूल्य मान्यताको र पहिचानसहितको संघीयतावादी समाजवादी विचारधाराको पहिलो नम्बरको पार्टी बनाउन थालेको तर उपेन्द्र यादवले नै विभिन्न बहाना बनाउँदै त्यसलाई हुन नदिएको ठाकुरको आरोप छ ।

उनले जारी गरेको अपिलमा केपी शर्मा ओलीसँग आफूहरुको निकटता बढ्नुको कारणसमेत प्रस्ट्याएका छन् । माग मुद्दा जसले सम्बोधन गर्छ त्यही पक्षसँग सहकार्य गर्नुपर्छ भनेर आफूहरुले सबैसँग वार्ता र संवाद गर्ने पार्टीगत निर्णयका आधारमा एमाले, काँग्रेस तथा माओवादी केन्द्रसँग छुट्टा छुट्टै संवाद गरेको ठाकुरको अपिलमा उल्लेख छ । ओलीले आफूहरुको माग पुरा गर्ने प्रतिवद्धता मात्र होइन, १३९ जनाको मुद्दा फिर्ता, नागरिकता सम्बन्धी अध्यादेश, संविधान संशोधनका लागि कार्यदल गठनसमेत गरेको भन्दै उनले ओलीसँगको आफूहरुको निकटताको बचाउ गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा