नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा नेता सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् ।
दुवै नेता अनुपस्थित हुँदा उनीहरूले माधव नेपाल क्याम्प छोडेका त हैनन् भन्ने प्रश्न उठेका छन् । यस्तै केपी ओली निकट मानिए पनि शेरबहादुर देउवालाई विश्वासको मत दिँदा माधव नेपाल कित्तामा उभिएका प्रेम आले पनि बैठकमा सहभागी भएका छन् ।
नेपाल समूह निकट मानिने पाण्डे र भट्टराई पछिल्लो समय अलमलमा जस्तो देखिएको बेला आजको बैठकमा अनुपस्थित भएका हुन् । कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको दावी गरिएको छ । माधव नेपालको सचिवालयले पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दावी गरेको हो ।
नेपाल समूहका भर पर्दा नेता मानिने पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा पनि सदन बहिस्कार गरेर हिँडेका थिए भने योगेश भट्टराईले चाहिँ सर्वोच्च अदालतमा सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको निवेदनमा पनि हस्ताक्षर गरेका थिएनन् । भट्टराईले पार्टी एकताका लागि आफू मध्यमार्गी भूमिकामा रहने बताउँदै आएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।