रोल्पामा चुनावमा सबै पार्टीका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फोन गरेर हैरान उनीहरूलाई सो नाराले आकर्षित मात्र गरेन, भोट हालेर जनप्रतिनिधिलाई जिताएका पनि थिए ।
कारण थियो टेलिफोन चलाउन पाइन्छ भन्ने आस थियो जनताको तर अहिले सम्म पनि त्यो आसामै सीमित भएको छ ।
चुनावी घोषण अनुसार नेताहरूले टावर बनाउने काम गर्न मन्त्रालय धाए फल स्वरूप विभिन्न डाँडामा टावर ठड्याउन सम्म भ्याए तर टावर ठडिएको पनि तीन वर्ष भइसक्दा पनि टेलिफोन सेवा भने भरपर्दो नहुँदा प्रयोगकर्ताहरूले सास्ती भोग्दै आएका छन् ।
आकाश खुलेको समयमा सेवा सहज भए पनि वर्षातकको समयमा कुहिराले डाँडाकाँडा ढाक्दा नेटवर्कले कामै नगर्ने जनताको गुनासो छ । जब बादल, कुहिरो र पानी पर्न थाल्छ नेटवर्कले काम गर्न छाड्छ अनि काम परेको बेला फोनले कामै गर्दैन ।
टेलिफोन सेवा सञ्चालन भएसँगै चिठ्ठी पत्र आदानप्रदान गर्ने परम्परागत सञ्चार प्रणाली विस्थापन गरेका स्थानीयवासी लाई लामो समय टेलिफोनमा आउने खराबीले खबर आदानप्रदानमा समस्या हुने गरेको छ ।
‘कहिलेकाहीँ त काम पर्दा, बिरामी हुँदा र मर्दापर्दाको खबर गर्न पनि समस्या हुने गर्दछ’। ‘अति जरुरी काम परेका बेलामा तत्काल खबर गर्न खोज्यो नेटवर्क हुँदैन, त्यसैले रोल्पाली हरुले ‘यो समस्या कहिलेसम्म भोग्नुपर्ने हो भन्ने कुराको उत्तर खोजी रहेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।