सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने जानकारी दिएका हुन् ।
यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको खोप लगाइने उनले बताए । दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने पनि राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।
आगामी असोजसम्म १ करोड ५ लाख डोज खोप आउने पनि उनले बताए । राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।