नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ पछि पार्टी केन्द्रीय समितिको वैधानिकता सकिने बताएका छन्। उनका अनुसार भदौ २३ पछि केन्द्रीय समिति को वैधानिकता नरहने बताउँदै त्यसपछि शेरबहादुरजी लाई सभापति मान्ने स्थिति नआउने बताएका छन् ।
सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिको वैधानिकता भदौ २३ भित्र हुने भएकोले त्यसभित्रै महाधिवेशन गर्न पौडेलको आग्रह छ।
आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भएको आफू पक्षका नेताहरूसँगको बैठकपछि पौडेलले भने, ‘भदौ २३ पछि यो केन्द्रीय समिति रहन सक्दैन। भदौ २३ पछि उता यो केन्द्रीय समिति रहँदैन। यसको वैधानिकता सकिन्छ।
सिंह निवासमा करिब दुई घन्टा नेताहरू छलफल गरेका थिए। आजको छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी र मिनेन्द्र रिजालबीच छलफल भएको थियो।
१४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्न पौडेल पक्षले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराइरहेको छ। तर कांग्रेसमा अहिलेसम्म क्रियाशील सदस्यतामाथि उठेका विवाद टुंगिएको छैन।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।