नेकपा एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध माओवादी अध्यक्ष प्रचण्ड भ्याकेटमा गएका छन् ।
सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि एमाले रोजेका विभिन्न जिल्लाका मेयर,उपमेयर,गाउँपालिकाका पदाधिकारीहरुलाई माओवादी केन्द्रले कारवाही गरी निर्वाचन आयोगबाट पदमुक्त गराएको थियो ।
पदमुक्त भएका जनप्रतिनिधिहरुलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेकोमा माओवादी अध्यक्ष प्रचण्ड अन्तरिम आदेश खारेजीको माग लिएर अदालत गएका हुन् ।
प्रचण्डको भ्याकेट निवेदनमाथि आज आनन्दमोहन भट्टराई,बमकमुार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा सुनुवाइका हुँदैछ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह,कटहरीयाका मेयर सियराम कुशवाह लगायत वडाध्यक्षदेखि मेयरसम्मका ४१ जना जनप्रतिनिधि माओवादी छाडेर एमाले भएका थिए ।
उनीहरु सबैलाई अदालतले पुनर्वहालीइ गरेकाले सो अन्तरिम आदेश खारेजीका लागि प्रचण्ड गएका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।