सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक आज, सहभागी नहुन संस्थापनको चेतावनी


  • बिहिबार, साउन २१ २०७८
14.3K
SHARES

नेकपा एमालेले नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

बुधबार नै बस्ने भनिएको बैठक उपत्यका बाहिर रहेका कतिपय केन्द्रीय सदस्यहरु उपस्थित हुन नस्कने भएपछि आजलाई सारिएको हो ।

नेपाल-खनाल समूहका केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीका अनुसार बैठक बिहान ११ बजे बुद्धनगरको एक पार्टी प्यालेसमा बस्नेछ । बैठक पार्टी एकता र सरकारमा सहभागी हुने नहुने भन्नेबारे निर्णय हुन सक्ने उनले जानकारी दिए ।

संसद् जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल-खनाल समूहलाई सरकारमा सहभागी हुन सत्तारुढ गठबन्धनले दबाब दिँदै आएको छ । नेपाल-खनाल समूहलाई पर्खदा मन्त्रिपरिषद् विस्तार समेत भएको छैन ।

तर, पार्टी एक बनाउन लागी परेका विघटित कार्यदलका नेपाल पक्षका नेताहरुले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न नेता माधव कुमार नेपाललाई दबाब दिँदै आएका छन् ।

संस्थापन पक्षले भने नेपाल समूहको बैठक अनाधिकृत भएकाले सहभागी नहुन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा