हिजो भर्खर प्रधानमन्त्री शेर बहादुर देउवाले कुलमान घिसिङ लाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने घोषणा गरे सँगै आम सर्बसाधारणहरुको कुलमान प्रति चासो देखिएको छ ।
धेरै आम सर्वसाधारणले कुलमानले प्राधिकरणको जग बसालिसकेको तर्क गर्दै अब कुलमानलाई कुनै डुब्न लागेको अर्को संस्थामा नियुक्त गर्दा उचित हुने राय दिन थालेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न ऊर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिएको समाचार आउन साथ सोसल साइटहरूमा प्रतिक्रिया आउन थालेका छन् ।
धेरै सर्वसाधारणले कुलमान लाई लिक्बिडेशनमा जान लागेको नेपाल वायु सेवा निगमको कार्यकारी निर्देशकमा नियुक्ति गरे निगम को प्रगति हुने समेत भन्न भ्याएका छन् । कसै कसैले त आएल निगमको कार्यकारी बनाउने पनि भनेका छन् ।
प्राधिकरणमा कुलमानले राम्रो जग बसालेको र अर्को आउदा पनि त्याहा बिगार्ने बातावरण नभएको भन्दै डुब्न लागेका संस्थानमा कुलमानलाई लैजाँदा देशले काचुलि फेर्ने कुरा बताएका छन् ।
कुलमान प्रति आम सर्वसाधारणको गहिरो विश्वास देखिएको प्रस्टै सामाजिक सञ्जालहरूमा देख्न सकिन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।