नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनाको सम्बन्धमा भारतले अविलम्ब सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन् ।
राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले सो धारणा राखेका हुन् । उनले छिटोभन्दा छिटो छानविन प्रतिवेदन ल्याएर भारत समक्ष गम्भीर आपत्ती प्रकट गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।
नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको समेत बताएका छन् । उनले एक वा अर्को रुपमा त्यस अगाडिका सरकार र नेताहरु पनि जिम्मेवार रहेको बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।