शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

गगन थापाको मन्त्री बन्ने इच्छा, उनी भन्छन प्रधानमन्त्रीले चाहे म मन्त्री बन्ने हो


  • बुधबार, साउन २० २०७८
10.4K
SHARES

तस्विरः फाइल

नेपाली काँग्रेसका नेता गगन कुमार थापाले आफू मन्त्री बन्न तयार रहेको बताएका छन् । पार्टी सभापति तथा प्रधानमन्त्रीले चाहे तत्कालै मन्त्री बन्ने उनको आशय थियो ।

संयुक्त सरकार भएकोले यसका आफ्ना सिमा रहेको र अहिलेको सरकार अप्ठ्यारो अवस्थामा आएको उनको भनाई छ ।

थापाले भने,‘यसैपनि यो सरकार अप्ठ्यारो अवस्थामा आएको छ । स्वभाविक रुपले आएको होईन । १२–१५ महिनाभित्रको समयमा हामीले धेरै काम सम्पन्न गर्नुपर्छ । हामीले प्रधानमन्त्रीज्यूलाई फ्रि भएर काम गर्न दिनुपर्छ । प्रधानमन्त्रीलाई होईन यसलाई संसदमै राखेर हुन्छ भनेर यसको उपयोगिता लाग्छ भने सांसद नै भएर काम गर्ने हो । होईन, कुनै मन्त्रालयको जिम्मेवारी दिएर अहिले मेरो सरकारमा काम गर्नुपर्छ भन्ने लाग्ने हो भने के हुने हो त्यो प्रधानमन्त्रीलाई स्वतन्त्र छोड्नुपर्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई सरकारमा आएर काम गर भने आफू काम गर्न तयार रहेको पनि थापाले स्पष्ट पारे । उनले भने,‘होईन, सरकार म यसरी चलाउँछु, यसरी मिलाउँछ अहिलेलाई तिमी संसदमै बसेर काम गर भन्नुहुन्छ भने संसदमै बस्छु । सरकारमा गएर काम गर्न म योग्य छु भन्ने आशय सहितको गगनको  अभिव्यक्ति बाट बुझ्न सकिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा