सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

राष्ट्रियसभा बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची


  • बुधबार, साउन २० २०७८
6.9K
SHARES

फाईल तस्बिर

संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक आज बस्दैछ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक पेश हुने सम्भावित कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिक प्रतिवेदन, २०७६/०७७ पेश गर्नेछन् ।

यस्तै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७’ सभामा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट विधायन ब्यवस्थापन समितिका २ वटा प्रतिवेदनसहित विधेयक पेश गरी पारित गरिनेछ ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ‘तथ्याङ्क विधेयक, २०७६ माथि छलफल गरी पारित गरिनेछ । यस्तै ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि छलफल पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा