शनिबार, साउन ३० २०८३
ताजा अपडेट

आफ्नै कार्यशैली र अहंकारका कारण ओलीको समृद्धिको महत्वाकाङ्क्षा माटोको हाँडी झैँ फुट्यो


  • बुधबार, साउन २० २०७८
12.2K
SHARES

फाइल तस्विर

आफूले आफ्नो विकल्प नदेखेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली को सत्ता बहिर्गमन भए सँगै सुखी नेपाली समृद्ध नेपालको नारा पनि सँग सँगै गएको छ ।

आफ्नू विकल्प आफै मात्र हुँ भन्ने शैलीले संविधानको सबै धाराबाट आफू मात्र सरकार चलाउने केपी शर्मा ओलीको महत्त्वाकाङ्क्षा माटोको हाँडी झैँ फुटेको स्पष्ट देखियो  ।

स्वयम ओलीको  कार्यशैली र काम गराइमा विकल्पै नेदेखि गरिएको अहङ्कारका कारण हुँदा खाँदाको प्रधानमन्त्री पद  नमज्जाले ढल्यो ।

‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा कार्यान्वयन गरेर इतिहास बनाउने सुनौलो अवसर हेर्दा हेर्दै खेर गयो । पहिलो पटक प्रधानमन्त्री हुँदा बनाएको छवि दोस्रो पटक प्रधानमन्त्रीको हुँदाको कार्यशैली र दम्भले सखाप भयो ।

ओलीको दम्भले मुद्दा अदालत सम्म पुग्यो । परमादेशबाट देउवालाई प्रधानमन्त्रीको ‘चिट्ठा पर्‍यो ।  प्रतिपक्षमा बस्ने जनादेश पाएका देउवा अदालतले पारी दिएको चिट्ठा पाएर गद्‌गद् देखिन्छन  तर आम जनताका लागि ओली जानु र देउवा आउनु बादरका हातमा नरिवल जस्तै हुने हो की भन्ने चिन्ता छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा