शनिबार, साउन ३० २०८३
ताजा अपडेट

मनाङ बन्यो सबै नागरिकले खोप पाउने पहिलो जिल्ला


  • मंगलबार, साउन १९ २०७८
9.8K
SHARES

फाइल तस्विर

१८ वर्षभन्दा माथिकै सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् ।

कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।

मनाङमा कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेको आचार्यले बताए ।

स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४५ सय रहेको प्रक्षेपण गरेको थियो ।

अन्य नागरिकहरु विभिन्न कामको सिलसिलामा देशविदेशमा रहेका कारण खोप लगाउने नागरिकको संख्या ४१९८ रहेको आचार्यले बताए ।

जिल्ला बाहिर रहेका नागरिक आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप लगाउने व्यवस्था मिलाएको उनले बताए ।

आचार्यका अनुसारमा मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान सुरु भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा