शनिबार, साउन ३० २०८३
ताजा अपडेट

कहिले खुल्छ सवारी लाइसेन्सको ट्रायल ?


  • सोमबार, साउन १८ २०७८
12.1K
SHARES

ट्रायल सेन्टर । तस्विरः फाइल

काठमाडौँ – यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि सवारी लाइसेन्सको ट्रायल परीक्षा खुलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण बन्द रहेको सवारी लाइन्स ट्रायल साउन अन्तिम साताबाट खुल्ने भएको हो ।

‘निषेधाज्ञाका कारण बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल साउन अन्तिम साताबाट खुलाउने तयारी हुँदैछ ।’ यातायात व्यवस्था विभागका एक अधिकारीले भने, ‘सवारी चालक अनुमति पत्रको लिखित परिक्षा र ट्रायल खुलान आन्तरिक तयारी गरिएको ।’

विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो । विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए ।

पछिल्लोपटक विद्यालय, विश्वविद्यालयलगायतका परीक्षा धमाधम सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो । विभिन्न खाले सवारी साधान चलाउनका लागि अनलाइन आवेदन दिएर लाखौं सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा बसेका छन् ।

गत वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो । अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेपछि पुनः ट्रायल परीक्षा बन्द गरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा