शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चुन्ने विषयमा कुटा-कुट, झडपमा ९ जना घाइते


  • सोमबार, साउन १८ २०७८
9.3K
SHARES

तस्विर

रौतहटको माधव नारायण नगरपालिका स्थित श्री माध्यमिक विद्यालय व्यवस्थापन समिति (विव्यस)को अध्यक्ष चयनको विषयमा विवाद हुँदा दुई पक्षबीच कुटा-कुट भएको छ । झडपमा दुवैतर्फका नौ जना घाइते भएका छन् ।

मुख्य झगडियाको आरोपमा प्रहरीले दुवै पक्षका एक-एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय रामकलेवर मुखिया र दिलिप भण्डारी रहेको रौतहट प्रहरीले जनाएको छ ।

हाल श्री माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पद रिक्त छ । नयाँ अध्यक्ष चयनको प्रक्रिया सुरु हुने तयारीको क्रममा विवाद भएपछि झडप भएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा