नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटीको बैठक बसेको हो ।
शनिबारलाई बोलाएको बैठक एकताका लागि सहमति जुटाउन भन्दै जनासम्मलाई स्थगित स्थगित गरिएको थियो । तर, सहमति नजुटेपछि माधव नेपाल पक्षका नेताहरु आइतवारको बैठकमा सहभागी भएका छैनन् । उपाध्यक्ष वामदेव गौतम भने आइतबारको बैठकमा सहभागी छन् ।
आइतबारको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएपनि त्यसबाहेक माधव समूहका नेतामाथिको कारवाहीबारे समेत छलफल हुने ओली पक्षका नेताहरुको भनाइ छ ।
यसअघि ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने भनेपनि बीचैमा रोकिएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।