नेपाल धितोपत्र बोर्डमा देखिएको सेयर खरिद विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान शुरु गरेको छ ।
बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बुक बिल्डिङको अनुमति दिएवापत ‘गोल्डेन सेयर’ लिएको आरोप लागेपछि अख्तियारले यस विषयमा अनुसन्धान शुरु गरेको हो ।
नेपालमै पहिलो पटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेविका ढुंगानाको नाममा भेटिएको छ । बोर्ड अध्यक्षले बोर्ड आचारसंहिता विपरीत छोरीको नाममा सेयर किनेको भनेर चर्को विरोध भइरहेको छ ।
अख्तियारले बोर्ड अध्यक्षसँग बुक बिल्डङमार्फत सर्वसाधारणका लागि सेयर जारी गर्न दिएको स्वीकृति सम्बन्धी सबै कागजातहरु बोर्डसँग मागेको छ ।
‘अनुसन्धानका लागि हामीले कागजातहरु मागेका छौं, कागजातहरु प्राप्त भएपछि हामीले आरोपित सबैलाई वयानका लागि बोलाउछौं’ अख्तियार श्रोतले भन्यो, ‘विस्तृत अनुसन्धान भएपछि मात्रै दोषी छन् वा छैनन् भन्ने विषयमा जानकारी हुन्छ ।’
यो विवादमा बोर्ड अध्यक्ष ढुंगानासँगै नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद समेत जोडिएका छन् । उनको श्रीमतीकै नाममा सेयर किनेका छन् । उनीहरुले प्रतिकित्ता २५० रुपैयाँका दरले किनेको विवरण छ । बुक बिल्डिङमार्फत आईपीओ जारी हुँदा सर्वोत्तमको सेयर मूल्य प्रतिकित्ता ७५० रुपैयाँ हाराहारीमा थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।