शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सिन्धुपाल्चोकमा विज्ञ टोली जाँदै, बाढी मापनको उपकरण नहुँदा समस्या


  • आइतबार, साउन १७ २०७८
15.5K
SHARES

फाइल तस्विर

सिन्धुपाल्चोकमा पछिल्लो पटक आएको बाढीबारे अध्ययन गर्न विज्ञहरुको टोली त्यसतर्फ प्रस्थान गर्दैछ ।

खानी तथा भूगर्भ विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रका अधिकारीहरुको टोली सिन्धुपाल्चोक जान लागेको हो ।

केन्द्रका कार्यकारी प्रमुख अनिल पोखरेलले भने, ‘अध्ययनका लागि विज्ञहरुको टोली सिन्धुपाल्चोक जाने अप्रुभ भइसक्यो । टोली आजै त्यसतर्फ प्रस्थान गर्छ ।’

गएराति मेलम्चीमा आएको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की बगाएको छ । मानवीय क्षति नभए पनि अघिल्लो पटकको बाढीमा बचेका भौतिक संरचनाहरु गएरातिको बाढीमा बगेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हेलम्बु क्षेत्रमा वषर्ा हुने र त्यो सतर्कताको तहसम्म पुग्नसक्ने प्रक्षेपण गरेर त्यसअघि बुलेटिन जारी गरेको थियो ।

विभागको वर्षा मापन केन्द्रमा भने धेरै ठूलो पानी परेको रेकर्ड छैन । विभागका निर्देशक एवम् वरिष्ठ मौसमविद विक्रम श्रेष्ठका अनुसार गत चौबिस घण्टाको अवधिमा सेरमाथाङ भन्ने स्थानमा २०.८ मिलिमिटर र धाप भन्ने स्थानमा ३७.८ मिलिमिटर पानी परेको रेकर्ड छ । मुहान क्षेत्रतिर पहिरो गएको पनि देखिएको छ ।

तर जल तथा मौसम विज्ञान विभागमा नदी थुनिए/नथुनिएको जानकारी छैन । नाकोटे भन्ने स्थानमा जल सतह मापन गर्ने उपकरण थियो । गत असार १ गतेको बाढीले त्यो उपकरण बगाइदिएपछि अर्को उपकरण जडान गरिएको छैन । त्यसैले जलसतह घट-बढ भएको र कुन तहसम्म पुगेको छ भन्ने तथ्यांक विभागसँग छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा