आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

पूर्व युवराज पारस शाह र प्रहरी बिच लफडा, मापसे सेवन गरी बिना हेलमेट सवारी चलाएको आरोप


  • शुक्रबार, साउन १५ २०७८
17.9K
SHARES

पारस शाह

काठमाडौं । बेलाबेला गर्ने उपद्रो र अनौठो गतिविधिका कारण विवादमा आइरहने पूर्वयुवराज पारस शाहले फेरि प्रहरीसँग लफडा गरेका छन् । हेलमेट नलगाइ मोटरसाइकलमा हिँडेका उनलाई नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले रोकेपछि पारसले यस्तो हर्कत देखाएका हुन्।

सञ्चारकर्मी गणेश बुढाले फेसबुकमा सार्वजनिक गरेको भिडियोमा हेल्मेट लगाउन अनुरोध गर्दा पूर्वयुवराज शाहले उल्टो प्रहरीलाई धम्क्याएका छन् । मापसे गरी बिना हेलमेट माेटरसाइकल चलाएकाे भन्दै प्रहरीले चौकी लैजान खोज्दा पारसले एकहोरो जान्न भनेर प्रतिवाद गरेका छन् ।

समर्थकहरूले नारावाजी गर्दै प्रहरीको साथबाट छुटाएर लगेको भिडियोमा देख्न सकिन्छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालय महाराजगञ्जले भने यो त्यस्तो ठूलो घटना नभएको बताएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा