शनिबार, साउन ३० २०८३
ताजा अपडेट

३३ किलो सुन काण्डका फरार प्रतिवादी गौशालाबाट समातिए


  • शुक्रबार, साउन १५ २०७८
19.4K
SHARES

सांकेतिक तस्विर

३३ किलो सुन काण्डका फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरीले गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। उनलाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो।

‘हामीले फरार प्रतिवादीहरूलाई पक्राउ गर्दै थियौं। म आएपछि एक हजार बढी समातिसकेका छन्। आज त्यसैक्रममा सुन काण्डमा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भने।

उनको भूमिका के कस्तो थियो भन्ने बारेमा अब अनुसन्धान अघि बढाइने सिंहले बताए।

२०७४ फागुन ९ गते दुबई बाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो। त्योसँगै छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो।

यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको हत्या भएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा