काठमाडौं – निर्वाचन आयोगले जसपाको आधिकारिता निरुपण गरेको विषयमा परेका महन्थ ठाकुरले दिएको दुवै रिटको एकैपटक सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
ठाकुर पक्षले दायर गरेका दुवै रिटको एकैपटक सुनुवाइ गर्ने गरी लगाउमा राख्न आदेश दिएको हो । ठाकुर पक्षले आधिकारिकतासम्बन्धी निर्वाचन अयोगको फैसलासम्बन्धी दुई रिट सर्वोच्चमा विचाराधाीन छन् ।
८ साउनमा पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै ठाकुरले पक्षले सर्वोच्चमा रिट हालेका थिए । न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगमा यसबारे खुल्ला बहस पैरवी गराई निर्णय भएकाले दुवै पक्षसँगको छलफलपछि मात्रै अन्तरिम आदेश दिने, नदिनेबारे निर्णयमा पुग्ने उचित हुने ठहर गरेको थियो ।
त्यसका लागि आज मिति तोकिएको थियो । आजको आधिकारिकतासम्बन्धी सबै रिटलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश भएको हो । ठाकुर पक्षले दोस्रो रिट भने उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिने आयोगको फैसलाविरुद्ध छ ।
११ साउनको निर्णय कार्यान्वयन नगर्नरनगराउन मागसहित हिजो दायर भएको दोस्रो रिटमा निर्णय कार्यान्वयन हुँदा आफूहरुलाई अपूरणीय क्षति हुने उल्लेख छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।