सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

कसले पाउला बर्षको मदन पुरस्कार ?, प्रारम्भिक सूचीमा ९ कृति छनोट


  • शुक्रबार, साउन १५ २०७८
12.3K
SHARES

तस्विरः फाइल

बर्ष २०७७ को मदन पुरस्कार कसले पाउछ भन्ने यकिन गर्न नसकेपनि प्रारम्भिक सूचीमा ९ वटा कृति छनोट गरिएको छ । मदन पुरस्कार गुठीले आज शुक्रवार पुरस्कारको लागि योग्य ठानेको ९ वटा कृतिको सूची सार्वजनिक गरेको हो । नौ वटा कृति मध्ये एउटाले मात्र यस बर्षको मदन पुरस्कार हात पार्नेछ ।

पुरस्कार गुठीमा सहभागि भएका २ सय २२ कृतिमध्ये छनोट समितिले ९ वटा कृतिलाई छनोट गरि गुठीलाई नाम उपलब्ध गराएको हो । जसमा गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प–ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङगे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह रहेका छन् ।

छनोटमा परेका उल्लेखित कृतिमध्ये एकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा २०७७ को मदन पुरस्कार वितरण गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अघि चन्द्र प्रकाश वानियाँले लेखेको महारानी उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो ।

छनोट कृतीहरुको सुची


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा