शनिबार, साउन ९ २०८३
ताजा अपडेट

यो सरकार असफल भयो भने शेरबहादुरजी असफल हुनुहुन्न, व्यवस्थानै असफल हुन्छ : प्रदीप गिरि

संविधानको मर्म नबुझनु भएका पूर्वप्रधानमन्त्री लाई संविधानवादको शिक्षा दिनु पर्छ


  • शुक्रबार, साउन १५ २०७८
6.6K
SHARES

स्व. प्रदिप गिरी संसदमा बोल्दै गर्दाको तस्बिर

नेपाली कांग्रेसका नेता प्रदीप गिरिले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै यो सरकार असफल भयो भने शेरबहादुरजी असफल हुनुहुन्न, व्यवस्थानै असफल हुन्छ भन्ने तर्क गरेका छन ।

प्रतिनिधिसभाको विशेष समयलाई लिएर बोल्दै गिरिले २०६२/६३ को जनआन्दोलन सफल भएपछि बनेको अन्तरिम संविधानका सम्वाहकहरु अहिले सरकारमा रहेको बताए । सरकार गठनमा भूमिका खेलका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव लगायतको नाम दिँदै उनले भने, ‘यो सरकार असफल भयो भने शेरबहादुरजी असफल हुनुहुन्न, बुझ्नुस् सरोकारवालाहरुले ।’

उनले अघि भने, ‘संविधान असफल हुन्छ । संविधान असफल भएर पनि केही बिग्रिँदैन, व्यवस्था असफल हुन्छ । व्यवस्था असफल हुनु भनेको सोच्दा मात्र पनि कहाली लाग्छ मलाई ।’

संविधनको हस्ताक्षर नगरेको भए पनि बाटो अर्को नदेखेकाले संविधानको रक्षा गर्न बोलेको लेखेको उनले बताए ।

कांग्रेस सांसद गिरिले १०० दिनभन्दा बढी समय लिए पनि हुने तर, लक्ष्यबारे स्पष्ट हुनुपर्ने बताए ।  उनले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई पार्टीका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले हिजो हिंसावादीलई मूलधारमा ल्याएको स्मरण गर्दै प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई संविधानवादको शिक्षा दिन आग्रह गरे ।

उनले अघि भने, ‘प्रतिपक्षको नेता भएर पनि यस संविधान अन्तर्गत प्रधानमन्त्री भएर पनि संविधानको मर्म नबुझनु भएका पूर्वप्रधानमन्त्री, संविधानको संरक्षक भएर रहनु भएका राष्ट्रपतिलाई पनि कसरी बढीभन्दा बढी संविधानवादको शिक्षा दिने यो हाम्रो ठूलो लक्ष्य हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा