शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रिचार्लिसन भित्र्याउन मड्रिड तयार, एभर्टनले तोक्यो चर्को मुल्य


  • शुक्रबार, साउन १५ २०७८
19.9K
SHARES

फाइल तस्विर

टोकियो ओलम्पिकमा चम्किरहेका ब्राजिलियन फरवार्ड रिचालिसन माथि स्पानिस क्लबहरुको चासो बढेको छ । उनलाई भित्र्याउन स्पानिस क्लब रियल मड्रिड लालायित भएको छ । इंग्लिस प्रिमियम लिग क्लब एभर्टन मार्फत आफ्नो व्याबसायीक खेल खेल्दै आएका रिचालिसन माथि ९० मिलियन यूरोको मुल्य तोकिएका छ ।

सन् २०१८ मा इंग्लिस क्लब वार्टफर्डदेखि एभर्टन पुगेका रिचालिसन इंग्लिस फुटबलका एक शिर्ष फरवार्ड बनेका छन् । १९९ खेल खेलिसकेको उनले एभर्टनका निम्ति ४२ गोल समेत पुरा गरेका छन् । यस विच उनले ९ एसिष्ट गोल समेत पुरा गरि सकेका छन् । गए सिजन उनले एभर्टनका निम्ति १६ गोलको योगदान रह्यो ।

इटालियन प्रशिक्षकको निगरानीमा रिचालिसनले समेत आफ्नो खेलमा ठुलो सुधार देखाएका थिए । जसको कारण समेत एन्सोलोट्टी आफै रिचालिसनलाई रियल मड्रिड ल्याउन चाहन्छन् । रियल मड्रिडमा प्रमुख भुमिकाको रुपमा लिइने भनिएको खेलाडी इडेन हाजार्ड पुन चोटका कारण मैदान बाहिर देखिएका छन् । जसको कारण दुई ब्राजिलियन युवा खेलाडी जुनियर भिनिसियस र रोद्रिगोको सहकार्य रहने देखिन्छ । फ्रन्ट लाइनमा रिचालिसनको प्रभावले थप मजबुट देखिने हुँदा साथै ब्राजिलियन खेलाडीहरुको मिश्रणलाई समेत एन्सोलोट्टी हेर्न चाहन्छन् ।

एसेन्सियो बेच्ने योजनामा रहेकै कारण उनले विकल्पमा फ्रन्ट लाइनमा अर्को खेलाडी ल्याउनु समेत रियल मड्रिडलाई आवश्यक देखिन्छ । एम्बाप्पे अनुबन्धनको योजना विफल हुने सम्भावना हुँदा करिम बेन्जिमासंगको जोड रिचालिसनलाई उच्च मनोबलका खेलाडीको रुपमा समेत मड्रिडले हेरेको छ ।

तर रिचालिसन ल्याउन मड्रिडका निम्ति उत्तिकै सहज छैन, ९० मिलियन यूरो मुल्य तोकिएसंगै रिचालिसन मड्रिडका निम्ति चुनौती बन्न पुगेको छ । रियल मड्रिड प्रतिद्धन्दि एटलेटिको मड्रिड समेत रिचालिसन भित्र्याउन चाहन्छ ।

एभर्टनको मूल्य घटाएको खण्ड साथै रियल मड्रिडले खरिद मुल्य जुटाउन सकेको खण्डमा मात्र रियलको पहुँचमा रिचालिसन रहने छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा