शनिबार, साउन ३० २०८३
ताजा अपडेट

थप खोप खरिदका लागि सहजीकरण गर्न चिनियाँ राजदूतलाई अर्थमन्त्रीको आग्रह


  • शुक्रबार, साउन १५ २०७८
7.5K
SHARES

सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको थप खोप खरिद गर्न चाहेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेेपालका लागि चिनिया राजदुत होउ याङछी सँगको भेटमा यस्तो जानकारी गराएका हुन् ।

नेपाल सरकारले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकोले भन्दै मन्त्री शर्माले यसमा राजदुतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र राजदूत याङ्छीबीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुननिर्माणमा प्राप्त भएको चिनिया सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री शर्माले कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरेका छन् । सरकारले चीनबाट ४० लाख डोज खोप भने खरिद गरिसकेको छ ।

मन्त्री शर्माले चिनिया सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा