नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उपमहासचिव विष्णुप्रसाद पौडेलले भेटेका छन् । नेता नेपाललाई भेट्न पौडेल कोटेश्वर पुगेका छन् ।
अहिले भेटवार्ता चलिरहेको स्रोतले जनाएको छ । बिहीबार नेता नेपाललाई संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेका थिए । अध्यक्ष केपी शर्मा ओली निकट नेम्वाङ र पौडेलले नेता नेपालसँग पार्टी एकताबारे छलफल गरेको बताइएको छ ।
गएको २७ असारमा दशबुँदे सहमति कार्यदल मार्फत जुटे पनि एमालेको विवाद हल हुन सकेको छैन । अध्यक्ष ओलीले कार्यदल नै विघटन गरेका छन् । तर अनौपचारिक वार्तालाई कायम राख्न नेम्वाङ र पौडेल नेता नेपाललाई भेट्न पुगेको बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।