दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएको खवर छ ।
शुक्रबार बिहान साढे ८ बजेतिर महकाली नदी तर्ने क्रममा तुइनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका छन । बिहान ५-६ जना स्थानीयले तुइनबाट महाकाली नदी पार गरेको र धामी भने खसेर महाकाली नदीमा बेपत्ता भएका हुन ।
यो समाचार बाहिरिए सँगै दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउँछु भन्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको योजना काहा पुग्यो भन्ने आवाज जनताले उठाएका छन् ।
अहिले ओली सत्तामा छैनन् तर उनको विसं २०७२ सालको असोजमै ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले आफ्नो पहिलो निर्णयका रूपमा दुई वर्षभित्रमा देशलाई तुइनमुक्त बनाउने घोषणा गरेको थियो।
तर अहिले तुइनबाट झरेर बेपत्ता भएको खवर सुन्नु पर्दा ओलीले लोकप्रियताका लागि मात्रै घोषणा गरेको प्रस्ट भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।