जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडा घर भएका पल्टु रविदास मृत फेला परेका हुन् । रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
ज्यान मार्ने उद्योग तथा कुटपिट अंगभंग मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । आफ्नै भाइसँगको विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर आर्थिक कमजोर रहेका उनले धरौटी बुझाउन नसक्दा अदालतले कारागार पठाउन आदेश दिएपछि प्रहरीले कारागार लैजानकै लागि हिरासतमा राखेको थियो । सोही क्रममा उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।