शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

लुम्बिनी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण


  • शुक्रबार, साउन १५ २०७८
11.7K
SHARES

फाइल तस्विर

लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज (शुक्रबार) पदभार ग्रहण गरेका छन् ।

गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै यादव बिहीबार बिदाइ भएर गएका छन् ।

शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी धर्मनाथ यादवलाई नियुक्त गर्‍यो ।

गत वैशाख ६ गते पदबाट राजीनामा दिएका मुख्यमन्त्रीलाई अल्पमतमा रहँदा पनि यादवले आस्थाकै आधारमा सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै यादवसँग विपक्षी गठबन्धन रुष्ट थिए ।

नयाँ प्रदेश प्रमुखले पदभार ग्रहण गरेसँगै लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले विशेष अधिवेशनका लागि समावेदन गर्ने र मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने रणनीतिमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा