शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अरू देश जाँदा शून्य लागत, सरकार आफैले इजरायल पठाउँदा १ लाख ६५ हजार किन ?


  • शुक्रबार, साउन १५ २०७८
15.1K
SHARES

फाइल तस्विर

वैदेशिक रोजगारीमा जाने श्रमिकको सबै शुल्क सम्बन्धित रोजगारदाता मुलुक वा त्यहाँका कम्पनीले तिर्नुपर्ने गरी ‘शून्य लागत’ सरकारी नीति छ । म्यानपावर कम्पनीले तोकिएको सेवा शुल्क मात्रै लिन पाउने नियम छ ।

मुख्य श्रम गन्तब्य मुलुकहरुमा १० हजार रुपैयाँ मात्रै सेवा शुल्क तोकिएको छ । म्यानपावर कम्पनीहरुले कानुन मिचेरै महंगो सेवा शुल्क उठाइरहँदा सरकार पनि सोही बाटो माम्यानपावर कम्पनीहरुले जसरीनै किन १ लाख ६५ हजार लिन लागेको भन्ने प्रस्न जनताले उठएका छन ।

तर, इजरायलसँग गरिएको श्रम सम्झौताअनुसार भन्दै सरकारले इजरायल जाने श्रमिकलाई नै भर्ति प्रक्रियाको खर्चको भार थोपरेको हो । विभागले सूचनामै इजरायल जाने केयर गिभर श्रमिकले करिब एक लाख ६५ हजार ७०० रुपैयाँ आफैंले बेहोर्नुपर्ने उल्लेख गरेको छ ।

विभिन्न ८ वटा शीर्षमा सरकारले इजरायल जाने श्रमिकले आफैंले खर्च गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ । हवाइ भाडाका लागि श्रमिकले १ लाख ४० हजार रुपैयाँ, स्वास्थ्य बिमाका लागि ५ हजार रुपैयाँ, पूर्वप्रस्थान अभिमुखीकरणको लागि ७०० रुपैयाँ, पासपोर्टको लागि ५ हजार रुपैयाँ, स्वास्थ्य परीक्षणको लागि १० हजार रुपैयाँ, पीसीआरका लागि २५ सय रुपैयाँ र वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्न १५ देखि २५ सय रुपैयाँसम्म श्रमिक आफैंले खर्च गर्नुपर्ने सूचनामा उल्लेख छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा