३२औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले सहभागिता जनाएका थिए । जसमा ३ खेलाडीले राष्ट्रिय कीर्तिमान सुधार गरे । अन्य दुई खेलाडीको प्रदर्शन सामान्य रह्यो । पाँचै खेलाडी आफूले खेलेको पहिलो खेलबाटै आउट भए ।
सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह र एलेक्स शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेपनि फेरि एक पटक विश्व खेलकुदको कुम्भमेलामा नेपालको यात्रा सहभागितामै सीमित बन्यो ।
ओलम्पिकमा पदक त टाढाको कुरा पहिलो चरण पार गर्नु नै नेपालको लागि ठूलो चुनौती बनेको छ । अझ त्यो भन्दा अघि नेपाली खेलाडी छनोट भएर ओलम्पिकमा खेल्न जानु चुनौती छ । नेपालले युनिभर्सल कोटा र वाइल्ड कार्डको सहारामा ओलम्पिक खेल्दै आएको छ, दुई जनालाई छाडेर ।
अपवादका रुपमा रहेका दुई तेक्वान्दो खेलाडीले छनोट भएर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । सन् २००४ मा संगिना वैद्य र २००८ मा दीपक विष्टले छनोट भएर ओलम्पिक खेलेका थिए ।
ओलम्पिकमा जानुअघि यस पटक जात्रा होइन यात्रा गर्ने भनेर नेपाल ओलम्पिक कमिटीले नेपाल ओलम्पिक यात्रा भनेर एउटा पत्रकार सम्मेलन गरेको थियो ।
अन्य देशहरु पदकका लागि प्रतिस्पर्धा गर्दा नेपाल भने अझै ओलम्पिकमा सहभागी बन्नु अनी केही व्यक्तिगत कीर्तिमान सुधारमै रमाउने चलन छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।