मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

न्यायाधीशको नियुक्ति र आन्तरिक व्यवस्थापनमा बिचौलियाको चलखेल : अध्ययन समिति


  • बिहिबार, साउन १४ २०७८
8.8K
SHARES

तस्विरः फाइल

अध्ययन समितिका सदस्य तथा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ  भन्छन ‘न्यायाधीश नियुक्तिदेखि अदालतको आन्तरिक व्यवस्थापनमा विचौलियाको विसंगति देखिएको छ ।

न्यायपालिकाको विकृतिबारे अध्ययन गर्न गठित समितिले बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रतिवेदन बुझाएको छ । समितिले न्यायाधीश नियुक्तिदेखि अदालतको अन्तरिक व्यवस्थापनमा समेत विचौलियाको बिगबिगी रहेको निष्कर्ष निकालेको छ ।

समितिले विचौलियाको बिगबिगी रोक्न सुझाव दिएको छ । प्रतिवेदन कार्यान्वयनको लागी कार्ययोजना समेत लिखित रुपमा बुझाइएको श्रेष्ठले बताए । प्रधानन्यायाधीश जबराले सो प्रतिवेदन कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन् ।

प्रधानन्यायाधीश जबराले २०७७ साउन २९ मा समिति गठन गरेका थिए । समितिले अदालतको पेशी ब्यवस्थापन र न्यायाधीश नियुक्तिमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बिचौलिया नियन्त्रण गर्नुपर्ने सुझाव दिँदै संविधान र कानुनमा समेत सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा