शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मन्त्रालयको भागबण्डा नमिल्दा गठबन्धनमा ठुलाे लफडा, प्रचण्ड रिसाएर पुगे कोटेश्वर


  • बिहिबार, साउन १४ २०७८
27.6K
SHARES

फाइल तस्विर

काठमाडौं – मन्त्रालयको भागवण्डा नमिल्दा सत्तारुढ गठबन्धनमा दरार आएको छ । बल्ल बल्ल मन्त्रालयको संख्याबारे सहमति गरेपनि कुन मन्त्रालय कसको भागमा लिने भन्ने विषयमा सहमति नहुँदा गठबन्धनमा दरार आएको हो ।

सरकार विस्तारमा अस्वभाविक ढिलाइ भइरहेको चर्चा चलिरहेका बेला सत्तारुढ गठबन्धनले सरकारमा सहभागी मन्त्रालयको भागबण्डा भने टुङ्गो लगाएको छ । गठबन्धनमा सहभागी दलको शीर्ष तहको छलफलपछि सरकारमा सहभागी दलहरुको मन्त्रालय संख्या भागबण्डा मिलाएको हो ।

गठबन्धनले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता विनै मन्त्रिपरिषदलाई पूर्णता दिने गरी भागबण्डा मिलाएको हो । आज बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्ष विनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।

माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको जसपाका एकले जानकारी दिएका छन् ।

उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा सहमति भएको छैन् । प्रचण्डले आफूलाई भौतिक पूर्वाधार र परराष्ट्र मन्त्रालय दिनपर्ने भन्दै अडान राखेका छन् । देउवाले भौतिक पूर्वाधार मन्त्रालय आफैले राख्न खोजेपछि लफडा भएको हो ।

देउवाले भौतिक पूर्वाधार मन्त्रालयको सट्टामा सहरी विकास मन्त्रालय दिने बताएका थिए । तर प्रचण्डले भौतिक पूर्वाधार र परराष्ट्र मन्त्रालय नभए गठबन्धनमा समस्या आउने बताउँदै बैठक स्थलबाट निक्लिएका थिए । उनी त्यहाँबाट सिधै माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि कांग्रेस र जसपाको बैठक बस्दैछ । कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ ।

त्यस्तै जसपा कार्यकारिणी समिति बैठक पनि शुरु भएको छ । गठबन्धनको बैठक सकेर जसपा शीर्ष नेताहरु पार्टीको बैठकमा पुगिसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा