शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पदाधिकारीको बैठक लगातार बस्ने तर महाधिवेशनको प्रक्रिया शुरु नहुने के चाला हो ? : डा. शेखर कोइरा


  • बिहिबार, साउन १४ २०७८
16.2K
SHARES

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्वको रवैयाप्रति आक्रोश पोख्नुभएको छ ।

महाधिवेशन नगराउन खोजेको भन्दै कोइरालाले नेतृत्वमाथि प्रश्न उठाउनुभएको हो । सभापति शेरबहादुर देउवाले तोकिएकै समयमा महाधिवेशन ‘एक, दुई, तीन हुन्छ’ भन्दै ठोकुवा गरिरहेका बेला कोइरालाले भने प्रश्न उठाउनुभएको हो ।

लगातारजसो पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक भइरहने तर महाधिवेशनको प्रक्रिया भने नबढाउने के चाला हो भन्ने प्रश्न गर्दै कोइरालाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रक्रिया जारी छ । तर पूर्व निर्धारित कार्यतालिकाको पालना भएको छैन । अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन सकेको छैन । यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ । र पार्टीको सम्पुर्ण साथीहरुमा गहिरो चिन्ता छाएको छ ।’

कोइरालाको प्रश्न छ, ‘संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हामीलाई हेक्का छ कि छैन ? पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात पदाधिकारी र पूर्व पदाधिकारीहरुको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो ? यसको जवाफ कसले दिने ?


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा