नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन । ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरेपछि अध्यक्ष दाहाल नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन । सत्तारुढ गठबन्धनको छलफलपछि दाहाल कोटेश्वर पुगेका हुन ।
बिहीबार बालुवाटारमा सत्ता गठबन्धनका नेताहरूको छलफल भएको थियो । छलफलमा नेता नेपाल र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी थिएनन् । गठबन्धनले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरे पनि नेपालले भने मानेका छैनन । ।
बालुवाटारमा भएको नेपाली कांग्रेस, माओवादी र जसपाबीचको छलफलमा कांग्रेसले ८ तथा माओवादी र जसपाले ७–७ मन्त्री पाउने सहमति भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।