नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वातावरण संरक्षणका लागि हिमाली देशहरूको छुट्टै संगठन बनाउन आवश्यक रहेको बताएका छन् । विश्व बाघ दिवसको अवसरमा ललितपुरको खुमलटारमा राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा यस्तो संगठन आवश्यक रहेको कुरा आफूले पहिलेदेखि उठाउँदै आएको बताए ।
आफ्नो प्रधानमन्त्री कालदेखि थालिएको बाघ संरक्षण सफल भएकोमा नेता नेपालले खुसी ब्यक्त गरे । उनले सन् २००९ मा जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा छेउ कालापत्थरमा बैठक राखेर विश्वको ध्यानाकर्षण गरेको बताए ।
उनले सन् २०१२ मा रसियामा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलन महत्त्वपूर्ण रहेको बताए । सो सम्मेलनमा बाघ संरक्षणका लागि आफूले राखेको बिचार स्मरण गराउँदै उनले बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न विश्व समुदाय एकजुट हुनुपर्नेमा जोड दिए । उनले बाघ संरक्षणका लागि जे जे गर्न सकिन्छ त्यसका लागि लागि पर्न आग्रह गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।