प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । विश्व बाघ दिवसको अवसरमा ललितपुरको खुमलटारमा राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले बाघको बासस्थान संरक्षण गर्न, चोरी निकासी रोक्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले बाघको चोरी सिकारी रोक्न नेपाली सेनाबाट भइरहेको नियमित गस्ती लगायतका काम प्रशंसायोग्य रहेको उल्लेख गरे । उनले बाघ संरक्षणका लागि स्थानीयलाई नै परिचालन गराउँदा स्थानीयमा रोजगारीको पनि सिर्जना हुने बताए ।
बाघ र मानवबीच बेला बेलामा द्वन्द्व उत्पन्न हुने बताउँदै बाघको बसोबास क्षेत्र अतिक्रमणबाट जोगाउन जोड दिए । उनले नेपालमा संसारबाट बाघ हेर्न मानिसहरू आउने भएकोले पर्यटन प्रबर्द्धनमा पनि बाघको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।