शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन कार्यतालिकाबारे ठोस निर्णय हुने


  • बिहिबार, साउन १४ २०७८
7.2K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । भदौ १६ देखि १९ गतेसम्म हुने भनिएकाे १४ औं महाधिवेशन अनिश्चित भएका बेला बस्न लागेको पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका संशोधन लगायतका विषयमा छलफल हुनेछ ।

बुधबारको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनलाई पूर्णता दिनका लागि १ दिनको समय प्रदान गरेको थियो । आजको बैठकले महाधिवेशनबारे महत्वपूर्ण निर्णय लिने बताइएको छ ।

आजको बैठकमा मन्त्रिपरिषद विस्तारबारे पनि छलफल हुनेछ । सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डा टुंगिए आजैको पदाधिकारी बैठकबाट थप मन्त्रीको नाम टुंगो लगाउने प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको तयारी छ ।

दिउँसो २ बजेपछि सभापति निवास बुढानिलकण्ठमा बस्ने बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी तथा सिनियर केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा