प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवाको सचिवालयकाअनुसार गठबन्धनमा आवद्ध शीर्ष नेताको बैठकअघि देउवा-दाहालसहित कांग्रेस र माओवादीका शीर्ष नेताहरुबीच संयुक्त छलफल भएको हो ।
छलफलमा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनर्मोर्चा सरकारमा सहभागी नहुने भएपछि जसपासहित कसले कति मन्त्रालय लिएर मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।
यो छलफल लगत्तै गठबन्धनमा आवद्ध अरू दलका शीर्ष नेताहरुबीच पनि संयुक्त छलफल गरी आजै मन्त्रालय बाडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रम टुंग्याएर शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।