सत्तारुढ गठबन्धनमा रहेका दलसँग सल्लाह नगरी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएको भन्दै आज बसेको गठबन्धनको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘स्वार्थ बाझिने उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको ?’ भन्दै प्रधानमन्त्री देउवामाथि प्रश्न गरे । यस्ता कुराहरुमा आफ्नो पार्टीको विरोध रहने केसीले बैठकमा बताए ।
राज्यमन्त्री श्रेष्ठबारे केसीले प्रश्न उठाएपछि माओवादीका नेता नारायणकाजी श्रेष्ठले पनि राजनीतिक नियुक्तिहरु र निर्णयहरु गर्दा गठबन्धनमा सल्लाह भएर मात्र गर्नुपर्ने बताए ।
राज्यमन्त्री श्रेष्ठमाथि प्रश्न उठेपछि प्रधानमन्त्री देउवाले यसपटक यस्तै भइहाल्यो, अबदेखि सल्लाहा नगरी काम गर्दिन भन्दै नेताहरुलाई आश्वस्त पारेका थिए । ‘हाम्रो काँग्रेसमा तपाईहरुलाई थाहा छँदै छ नि, मन्त्री बनाउनुपर्यो भनेर लिएर आइहाले, मैले यस्तो विरोध होला भन्ने सोचिनँ, फ्याट्ट स्वीकृत गरिहालेँ भनेर देउवाले उत्तर दिएको स्रोत बताउछ ।
सत्तारुढ दलहरूको कार्यदलमा समेत सल्लाह नगरी श्रेष्ठलाई राज्यमन्त्री बनाइएको भन्दै काँग्रेस भित्रै नेताहरुले बिरोध जनाई सकेका छन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।