शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेपाल टेलिकम प्रयोगकर्ताले थाहा पाउनै पर्ने कोडहरू


  • मंगलबार, साउन १२ २०७८
23.1K
SHARES

फाइल तस्विर

नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजता विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरुको व्यवस्था गरेको छ । तर धेरैजसोलाई ती शर्टकोडहरु थाहा हुँदैन । टेलिकमका सेवाग्राहीको सहजताका लागि विभिन्न सेवा प्रयोग गर्न हामीले यहाँ सम्पूर्ण शर्टकोड तथा यूएसएसडी कोडहरु प्रस्तुत गरेका छौं ।

के डायल गर्दा के हुन्छ ?

*1415# : डेटा तथा भ्वाइस प्याक सम्बन्धि अफर थाहा पाउन र खरिद गर्न
*1415#*55# : बाँकी डेटा र भ्वाइस प्याक थाहा पाउन
*444# : फोरजी सेवा सक्रिय बनाउन
*400# : मोबाइलको ब्यालेन्स थाहा पाउन
*9# : आफ्नो मोबाइल नम्बर थाहा पाउन
*922# : सिम कसकाे नाममा छ, थाहा पाउन
**21*98xxxxxxxx*Forwarding Number# : कल फर्वार्ड एक्टिभ गर्न
##002# : कल फर्वार्ड क्यान्सिल गर्न
*43# : कल वेटिङ एक्टिभेट वा क्यान्सिल गर्न
#331*0000# : पोस्टपेड मोबाइलमा आईएसडी सेवा सुरु गर्न
#422*Security Code*98xxxx*rs# : प्रिपेड मोबाइलबाट अर्काे नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न
*1455# : कलर रिङ्ग ब्याकटोन राख्न
*1400# : मिस्डकल नोटिफिकेसन सेवा सुरु गर्न
*1400*1# : MCA एक्टिभेट गर्न
*1400*2# : MCA डिएक्टिभेट गर्न
197 : ल्याण्डलाइन नम्बर सोधपुछ गर्न
1498 : मोबाइल सेवासम्बन्धि जानकारी लिन
198 : ल्याण्डलाइन टेलिफोन मर्मत गर्न
1607 : जीएसएम प्रिपेडको पीयूके नम्बर थाहा पाउन

के एसएमएस गर्दा के हुन्छ ?

सेक्युरिटी काेड थाहा पाउन : SCODE टाइप गरी 1415 मा पठाउने
नमस्ते क्रेडिट एक्टिभेट गर्न : START लेखेर 1477 मा पठाउने
नमस्ते क्रेडिट डिएक्टिभेट गर्न : STOP लेखेर 1477 मा पठाउने
कलर रिङ्ग ब्याक टोन (सीआरबीटी) खरिद गर्नः Sub टाइप गरेर 1455 मा पठाउने
जीएसएम प्रिपेड मोबाइलको सेक्युरिटी कोड प्राप्त गर्नः SCODE टाइप गरेर 1415 मा पठाउने
जीएसएम पोस्टपेडको पीयूके नम्बर थाहा पाउनः PUK टाइप गरेर 1415 मा पठाउने
मिस्डकल नोटिफिकेसन सेवा सुरु गर्नः sub mca टाइप गरेर 1400 मा पठाउने
मिस्डकल नोटिफिकेसन सेवा बन्द गर्नः unsub mca टाइप गरेर 1400 मा पठाउने
ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहा पाउनः CB*01xxxxxx (आफ्नो ल्याण्डलाइन नम्बर) टाइप गरेर 1415 मा पठाउने
मोबाइलमा बाँकी रहेको डेटा थाहा पाउनः VL टाइप गरेर 1415 पठाउने
प्रिपेड मोबाइलमा एफएनएफ सेवा सुरु गर्नः FNFSUB*98xxxxxxxx (सस्तो दरमा कुरा गर्न चाहेको मोबाइल नम्बर) टाइप गरेर 1415 मा पठाउने
एफएनएफ लिस्टमा अरु नम्बर थप गर्न FNFADD*98xxxxxxxx (छुट्टाछुट्टै मोबाइल नम्बर राखेर) 1415 मा पठाउने


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा