शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

मृत्युको हल्ला फिँजाइएका विजय शाही घरमै भेटिए


  • KTM Khabar
  • मंगलबार, साउन १२ २०७८
4.5K
SHARES

फाइल तस्विर

विलक्षण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्यु भएको भनेर सामाजिक सञ्जालमा फैलिएको हल्ला असत्य प्रमाणित भएको छ । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।

कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले विजय शाहीको मृत्युको हल्ला झुटो भएको बताए । सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेकाे उनले जानकारी दिए ।

‘मैले विजय शाहीको गाउँमा प्रहरीलाई बुझ्न पठाएको थिएँ । उनीहरुले शाहीलाई घरमै भेटेको बताएका छन् । मृत्युको हल्ला झूटो रहेछ,’ डिएसपी शाहले भने ।

विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले सुरुमा फोटो सहितको खबर फेसबुकमा हालेका थिए । अस्पताल लैजाँदा लैजाँदै विजयको निधन भएको उनले उल्लेख गरेका थिए । त्यही पोष्टका आधारमा धेरैले विजय शाहीलाई श्रद्धान्जली दिन भ्याए । तर शाहीले आफ्नो पोष्ट फेसबुकबाट हटाइसकेका छन् । विजय शाही भने सामान्य अस्वस्थ मात्रै भएको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा