काँग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु देउवा राणाले राजनीतिक तथा प्रशासनिक सक्रियता बढाएको बुझिएको छ ।
कांग्रेस महाधिवेशन केन्द्रित भएर राजनीतिक सक्रियतामा रहेकी राणाले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि प्रशासनिक क्षेत्रको समेत ब्रिफिङ लिन थालेकी छन् ।
दुई दिनअघि राणाले नेपाल सरकारका केही सचिव र महत्वपूर्ण विभागका महानिर्देशकहरुसँग ललितपुरको भिभान्ता होटलमा डिनर बैठक आयोजना गरी ब्रिफिङ लिएको स्रोतले जनाएको छ ।
राणा यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि सचिवलगायत प्रशासनिक क्षेत्रको सरुवा बढुवामा हावी हुने गरेकी थिइन् । विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा र हेरफेर हुन लागेका बेला राणाले सामूहिक र एक्ला एक्लै भेटघाट बढाएको स्रोतले जनाएको छ ।
राणाले कूटनीतिक सक्रियता पनि बढाउन थालेको निकट स्रोतले जनाएको छ । विशेषगरी भारतसँग बिग्रिएको भनेको देउवाको सम्बन्ध सुधारका लागि उनले भारतीय संस्थापन पक्षका संयन्त्रहरुसँग समन्वय गरिरहेको उनीनिकट एक कांग्रेस नेताले बताए ।
कांग्रेस महाधिवेशनमा देउवालाई बलियो बनाउन राणाले पार्टीभित्र र अन्यत्र पनि आफ्नो सक्रियता बढाएकी हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।