जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । निर्वाचन आयोगले आधिकारिकता दिएपछि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन् ।
दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकमा पार्टीको आगामी रणनीति, सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने आजको बैठकमा सहभागी नहुने भएको छ । ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले बैठकबारे आफूहरुलाई जानकारी नभएकाले नजाने बताए ।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा ३४ जना सदस्य देखिएपछि आयोगले सोमबार यादव पक्षलाई नै आधिकारिकता दिएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।