शनिबार, साउन ९ २०८३
ताजा अपडेट

क्रियाशील सदस्यता छानबिन समितिमा कल्याण गुरुङको फरक मत, छुट्टै प्रतिवेदन बुझाउने


  • मंगलबार, साउन १२ २०७८
9.2K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङको फरक मतसहित  समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउँदै छ ।

बुधबार बिहान बोलाइएको कांग्रेस पदाधिकारीको बैठकमा समितिले प्रतिवेदन बुझाउँदै छ । ‘क्रियाशील सदस्यता सम्बन्धी ओरिजिनल डकुमेन्ट नआइकन प्रतिवेदन तयार पारिएकाले मैले फरक मत राखेको छु’ गुरुङले भने ।

रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले बारा, सप्तरी, धनुषा र सर्लाही जिल्लामा देखिएको विवाद समाधान नगरिकनै प्रतिवेदन तयार पारेको छ ।

क्रियाशील सदस्यता वितरणका विषयमा कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच विवाद छ । यही विवादका कारण कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा