नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्याम घिमिरेले उनकै आफ्नो पर्टी काँग्रेस भित्र जंगबहादुरभन्दा बढी सामन्ती छन् भन्ने अभिब्यक्ति दिएका छन ।
एक अनलाईन संग अन्तबार्ता दिने क्रममा सो अभिब्यक्ति दिएका हुन ।
उनले भनेका छन “लोकतन्त्र, समाजवाद बोकेर लोकतन्त्रवादी भइँदैन । हामी पुरै सामन्ती सोचका मान्छेहरु हौं । कोही कोही त जंगबहादुर भन्दा पनि बढी सामन्ती शैलीका मान्छेहरु छन् । ममाथिको दुर्व्यवहार त्यसैको द्योतक हो ” ।
सिन्धुपाल्चोकको क्रियाशील सदस्यतालाई लिएर घिमिरेमाथि कुटपिट भएको थियो । घिमिरेका अनुसार राप्रपाबाट आएका भनेर १२०० जनालाई क्रियाशील दिइएको थियो । तर यसबारे उजुरी आएपछि समितिले मान्यता दिन नसकेका कारण उनलाई कुटपिट भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।